वर्षमान पुनको आग्रह- रवि लामिछानेजी अनुसन्धानलाई सघाउनुस्

वर्षमान पुनको आग्रह- रवि लामिछानेजी अनुसन्धानलाई सघाउनुस्

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रेस सेन्टरले गृह जिल्ला रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा उपमहासचिव पुनले भने, ‘रवि लामिछानेजी पहिला पनि गिरफ्तार हुनुभएको हो। त्यसपछि पार्टी खोलेर भारी मतले चुनाव जित्नुभयो। फेरि नागरिकता प्रकरणमा सांसद पद गयो। फेरि दोस्रोपटक चुनावमा जाँदा भारी मतले जित्नुभयो। जनताले उहाँलाई अनुमोदन गरेर पठाए। त्यसैले रविजीले अनुसन्धानलाई सहयोग गर्नुपर्छ।’

कसैलाई आरोप लगाउँदैमा अपराधी करार गर्न नपाइने उनको भनाई छ ।

उपमहासचिव पुनले सहकारी ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन्।

Skip This
Skip This
Logo