तपाईको बाल्यकाल सम्झाउने भिडियो सार्वजनिक (भिडियोसहित)

तपाईको बाल्यकाल सम्झाउने भिडियो सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २८ पुस । बाल्यकाल रमाइलो हुन्छ । ति दिनहरु सम्झिदा अझै पनि मनमा रमाइलोपन छाउछ । तर कतिपय बालापनका यादहरु सम्झिन सक्दिन । तपाई आफ्नो ति बिर्सिएका अतित सम्झिन चाहनु हुन्छ भने गायिका जुना प्रसाईंको यो कोसेली खुराक बन्ने छ । 

प्रसाईंकोे ‘ताराबाजी लै लै’ को भिडीयो सार्वजनिक भएको हो । दीपक शर्माले रचना गरेको ‘ताराबाजी लै लै’ मा जुनाको कलात्मक गायकी सँगसँगै गीतकार शर्माकै स्वय संगीत रहेको छ । गीतमा सबैले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले व्यवहार, तनावबिना बाँचेको जीवन स्मरण दिलाउने छ । भिडीयो हेर्ने जोहि कोहिलाई वालापनको याद दिलाउने गायिका जुनाले बताईन् ।

युवराज वाइवाको निर्देशन रहेको भिडियोमा केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाई, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् ।

Logo