पोर्न मूभीमा प्रवेश गरेकी यी अभिनेत्रीको किन भयो मृत्यु ?

पोर्न मूभीमा प्रवेश गरेकी यी अभिनेत्रीको किन भयो मृत्यु ?

केन्द्रबिन्दु
0
Shares

एक मोडल, जसले भर्खरै मात्र वयस्क (एडल्ट) मूभीमा करियर बनाउँदै थिइन्, उनको मृत शरीर फेला परेको छ । उनकै घरमा उनलाई मृत अवस्थामा फेला पारिएको हो । मोडलको नाम हो, ओलिविया नोवा । उनी अमेरिकाको लस भेगासमा बस्थिन् ।

यसअघि क्रिसमसमा उनले आफु एक्लो भएको गुनासो गरेकी थिइन् । उनले एक महिनाअघि मात्र एडल्ट फिल्म ज्वाइन गरेकी थिइन् । भनिहालौ, अघिल्लो बर्ष अप्रिलमा उनका ब्वाइफ्रेन्डले पनि सुसाइड गरेका थिए ।

यी मोडल २० बर्षकी थिइन् । उनी आफ्नै नीजि निवासमा मृत भेटिएकी हुन् । त्यहाँ केहिदिन अघि उनी होलिडे इन्जोए गर्नका लागि पुगेकी थिइन् ।

क्रिसमसको होलिडेको क्रममा उनले ट्वीट गरेर एक्लोपनले सताएको बताएकी थिइन् । उनले लेखेकी थिइन्, ‘म एक्लै होलिडे विताइरहेकी छु ।’

उनलाई काम लगाइदिने एजेन्सीले बताए अनुसार नोवा एकदमै राम्ररी काम गर्ने र भलाद्मी खालकी थिइन् । उनको मृत्यु अप्रत्यासित भएको भन्दै एजेन्सीले आश्चर्य व्यक्त गरेको छ ।
उनले सुसाइड गरेको संकेत देखिदैन । फेरी उनीसँग अरु कोहि भएको जस्तो पनि बुझिएको छैन । आखिर कसरी भयो त उनको मृत्यु ? रहस्यमय छ । त्यसो त एजेन्सीले बताए अनुसार पोर्न स्टारहरु धमाधम मृत्यु भइरहेको छ । पछिल्लो तीन महिनामा चार जनाको मृत्यु भयो । एजेन्सी

Logo