मिस कोशी प्रतियोगिताको पहिलो चरणको अडिसनबाट १७ किशोरी छानिए

मिस कोशी प्रतियोगिताको पहिलो चरणको अडिसनबाट १७ किशोरी छानिए

केन्द्रबिन्दु
0
Shares

मिस कोशी प्रतियोगिताको पहिलो चरणको अडिसनबाट १७ जना किशोरी छानिएका छन्। छैठौं संस्करणको मिस कोशी प्रतियोगिताका लागि ३१ जना किशोरी सहभागि भएकोमा १७ जना फाइनलका लागि छनौटमा परेका हुन्। 

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताको विराटनगरमा भएको पहिलो अडिसनमा विराटनगरमा १५ जना सहभागि थिए । यस्तै इटहरीमा १६ जनाको सहभागिता रहेको थियो। 

जय मिडिया म्यानेजमेन्ट प्रालिका चियरमेन जयराज रायले जानकारी दिए अनुसार प्रतियोगिताको दोस्रो र तेस्रो चरणको पनि अडिसन हुँदैछ। दोस्रो अडिसन विराटनगरमा साउन १५ र १६ गते इटहरीमा हुनेछ। 

अडिसनमा भाग लिने किशोरीहरूबाट अनलाइन आवेदन लिइएको थियो । किशोरीमा भएको प्रतिभा उजागर गर्नुको साथै व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल भदौको अन्तिम साता हुनेछ।

प्रतियोगितामा बिजेता हुनेले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परका साथै पोखरा टुरको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ। 

Logo