‘गाईजात्रा’ विशेषः यस्ताे छ हास्यकलाकार मनोज गजुरेलको हास्यव्यङ्ग्य यात्रा (भिडियाेसहित)

‘गाईजात्रा’ विशेषः यस्ताे छ हास्यकलाकार मनोज गजुरेलको हास्यव्यङ्ग्य यात्रा (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

झापा, दमकस्थित हिमालय माध्यमिक विद्यालय मनोज गजुरेलको कलाकारिताको पहिलो पाठशाला थियो। चलचित्र कुसुमे रुमालको चर्चित गीत ‘तिमी नभए जिन्दगानी…’ माथिको प्यारोडी गजुरेलको कलाकारिता यात्रामा पहिलो इँटा थियो। गजुरेललाई अझै याद छ–त्यो स्टेज, त्यो शुक्रबारको दिन अनि प्यारोडीका लागि तयार पारिएका ती पंक्तिहरू…

‘तिमी नभए जिन्दगानी काँडासरि छ,
फेरि पनि मेरो केही गुनासो छैन…’ (उदितनारायण झा)

प्यारोडी
रक्सी नभए जिन्दगानी मरेसरि छ
फेरि पनि रक्सी नभई हुँदै हुँदैन….

कहिलेकाहीँ चुरोट तान्दा धुँवा फोक्सोमा पसेर 
खोक्न थाल्छन् रगत सरि ट्वाइलेटभित्र पसेर
भित्रभित्रै खाइसक्यो चुरोट र रक्सीले 
अनि भन्छन् खाइ है बोक्सीले…

प्यारोडी मात्र होइन, त्यही स्टेजमा उनले नेपाली राजनीतिमाथि पनि पहिलो पटक व्यङ्ग्य गरेका थिए। तत्कालीन पञ्चायती व्यवस्थाको जानकारीका लागि रेडियो नेपालमा प्रसारण हुने कार्यक्रम ‘राष्ट्रिय पञ्चायत’मा रहेर उनले व्यङ्ग्यात्मक प्यारोडी सुनाए। ‘आज राष्ट्रिय पञ्चायतमा बसेको बैठकले घरजग्गाविहीन जनतालाई ऐलेनी माटोबाट हटाइ लाठी र मुङ्ग्रीले ठटाइ उत्तरतिर खेदाउने कुरा पारित गरेको छ…।’ 

यही वाक्यांशले गर्दा गजुरेल विद्यालय प्रशासन तथा समाजको दृष्टिमा परे। त्यसकै प्रभावले गर्दा उनलाई राजनीति र समाजमाथि व्यङ्ग्य गर्न प्रेरणा मिल्यो। 

२०३० सालमा ताप्लेजुङको मामाङ्खेमा जन्मिएका गजुरेल नेपाली हास्यव्यङ्ग्य क्षेत्रका प्रखर व्यक्तित्व हुन्। २०३६ सालमा परिवार झापा झरेपछि उनले हिमालय मावि दमकमा कक्षा ८ सम्म पढे। त्यसपछि २०४५ सालमा काठमाडौं आएका उनले पद्मोदय माध्यमिक विद्यालयबाट एलएलसी उत्तीर्ण गरे अनि रात्नराज्य क्याम्पसबाट मास कम्युनिकेसनमा स्नातक। 
 
२०४५ सालअगावै सुरु भएको मनोज गजुरेलको ‘हास्यव्यंग्य रेल’ आज पनि उही गतिमा दौडिरहेको छ। दर्शक–स्रोताका मन–मनमा ‘ह्युमरको हर्न’ बजाउँदै दर्जनौं देशसम्मको यात्रा उनले तय गरिसकेका छन्। समयको माग अनुसारको हाँस्यव्यंग्य गजुरेलको पहिलो प्राथमिकता हो। यही प्राथमिकताले आज गजुरेलको परिचय बहुआयामिक बनेको छ। 

 

Skip This
Skip This
Logo