मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प १९०८ नं को मोटरसाइकलले ठक्कर दिँदा बागमती-८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा…

Logo