प्रदेश नं ५ःप्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत

बुटवल ।प्रदेश नं ५ को पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले निर्माण गर्नुपर्ने महत्वपूर्ण ‘प्रदेश कानून मस्यौदा तथा सुझाव आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको आदेश, २०७४’ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री र मन्त्रीहरुको शपथग्रहणपछि आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आठ निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।…

Logo