चलचित्र चोर र पुलिसको ट्रेलर सार्वजनिक

चलचित्र चोर र पुलिसको ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र चोर र पुलिसको ट्रेलर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचित्रमा धिरेन शाक्य, बुद्धि तामाङ, स्व.जयनन्द लामा, जयकिसन बस्नेत, रवि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राया, सुलेमानशंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

कार्यक्रममा बोल्दै अभिनेता धिरेन शाक्यले चोर र पुलिसको सुटिङ दोस्रो लकडाउनका बेला धेरै मेहनतका साथ गरेको बताए । उनले फिल्ममा दर्शकले कमेडी, एक्शन, सबै किसिमको मनोरञ्जन पाउने बताए । त्यस्तै डेब्यु अभिनेत्री कविता रायले फिल्ममा आफूले मुख्य भुमिका निर्वाह गरेको पहिलोपटक भएको भन्दै सबैले हेरेर माया गर्ने अपेक्षा व्यक्त गरे । उनले फिल्मलाई सकेसम्म राम्रो बनाउन अभिनयमा शतप्रतिशत प्रयत्न गरेको बताए ।

आरआर फिल्मसले वितरण गर्ने चलचित्रको निर्मातामा आर सोनाम मोक्तान र लंका माया मोक्तान छन् । करणबहादुर बिष्ट सहनिर्माता रहेको चलचित्रको प्रश्तुतकर्ता खड्क लामा मोक्तान हुन् भने जीवन लामा कार्यकारी निर्माता छन् । रामेश्वर हुमागाईंले छायांकन गरेको चलचित्रका गीतमा विकास चौधरीको संगीत छ । तारा थापा ‘किम्भे’ ले सम्पादन गरेको चलचित्रमा राजु किराँतीको द्वन्द्व निर्देशन छ । चलचित्र चोर र पुलिस आगामी कार्तिक २५ गतेबाट देशभर प्रदर्शन हुँदैछ । 

Logo