सिनेजगत वाग्मती

तारा अधिकारीको “लाली ओठैमा” मा पल शाह, गरिमाको दमदार अभिनय (भिडियोसहित)

15 Shares

गीतकार तारा अधिकारीको नयाँ गीत लाली ओठैमा को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर छ । गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन उदयराज पौडेलको छ । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेलाई देख्न सकिन्छ । रमेश थापाको निर्देशनमा तयार भएको भिडियोलाई करण चैसिरको छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । म्युजिक भिडियोको चन्द्र बिनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो । 

चपली हाइटका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा पल र गरिमाको केमेस्ट्री छ । राजीव समरको उत्कृष्ट कोरियोग्राफी भिडियोमा छ ।

यो गीतको भिडियोलाई पनि दर्शकले मन पराउने विश्वास गीतकार तारा अधिकारीको छ । निर्देशक रमेश थापाले गीतको भाव अनुसार नै भिडियोमा ग्रामिण परिवेश देखाउन खोजिएको बताए ।

 

गीतकार अधिकारीको यस अघि नै सपना र सुनौलो तारा एल्बम बजारमा आइसकेको छ । यो एल्बमका विभिन्न गीतको भिडियो पनि बनेको छ । तर अहिलेसम्म सबैभन्दा बढी भ्युज गुलेलीमा गीतले ४८ लाख भन्दा बढी भ्युज पाएको छ । 

प्रकाशित: ७ फाल्गुन २०७७ ११:४४ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी