फूडमान्डुमा अबदेखि ५०० रुपैयाँभन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने

फूडमान्डुमा अबदेखि ५०० रुपैयाँभन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने

केन्द्रबिन्दु
0
Shares

नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले रु. ५०० को न्यूनतम अर्डर रकमको  नीति हटाएको छ । साथै, फूडमान्डुले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ ।

अब ग्राहकहरुले रु.५०० भन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र यस्ता अर्डरमा मात्र रु. ५० को न्युनतम शुल्क लाग्नेछ । ग्राहकहरुको सुझावलाई मध्यनजर गर्दै फूडमान्डुले सो नीती परिर्वन गरेको हो । अब ग्राहकहरूले जतिसुकै रकमको अर्डर गर्न सक्नेछन् ।

साथै, फूडमान्डुले आफ्नो डेलिभरी शुल्कको नितीमा पनि परिवर्तन गरेको छ । जसले गर्दा छोटो दुरीबाट अर्डर गर्ने ग्राहकहरुलाई फाइदा पुग्नेछ । हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीको लागि पनि रु. ५० को न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो । परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दुरीका लागि रु. २५ र सोभन्दा माथिको दुरीका लागि थप रु. २५ प्रति किलोमिटर तिर्नुपर्ने हुन्छ । यद्यपि, रु. १००० भन्दा बढीको अर्डरको लागि भने जतिसुकै लामो दुरीमा पनि बढिमा रु. ७५ डेलिभरी शुल्क तोकिएको छ ।

नयाँ नीतीबारे बोल्दै फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, “रु ५०० को न्यूनतम अर्डर गर्नुपर्ने बाध्यतालाई हामीले सदाको लागी हटाएका छौँ । साथै हामीले हाम्रो डेलिभरी शुल्कमा पनि ग्राहकवर्गलाई फाईदा हुनेगरि केहि हेरफेर गरेका छौँ । आजसम्म हामीलाई साथ दिनुहुने र माया गर्नुहुने उपभोक्ताहरुको सुझाव र प्रतिकृयालाई प्राथमिकतामा राख्दै हामीले यो कदम चालेको छौँ । हामीलाई आशा छ कि हाम्रो यो निर्णयले हाम्रा उपभोक्ताहरुलाई अझै राम्रो सेवा प्रदान गर्नेछ ।”

सन् २०१०देखि संचालनमा आएको फूडमाण्डु नेपालको पहिलो फूड डेलिभरी कम्पनी हो । फूडमाण्डले हालसम्म ४ लाखभन्दा बढी ग्राहकहरुलाई ८ सयभन्दा बढी रेष्टुरेन्टहरुमार्फत काठमाडौं उपत्यका र पोखरामा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Logo