ओमोडा ई५ लङ रेन्ज ईभी नेपाल भित्रियो, अर्को साता लन्च हुने

ओमोडा ई५ लङ रेन्ज ईभी नेपाल भित्रियो, अर्को साता लन्च हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। नेपाली बजारमा उपलब्ध हुने भनेर केही समयदेखि चर्चामा रहेको ओमोडा ई५ इलेक्ट्रिक एसयूभी वीरगन्ज भन्सार हुँदै नेपाल प्रवेश गरेको छ। नेपालका लागि चेरीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले सो गाडी भित्र्याएको हो।

ओमोडा ई५ लङ रेन्ज भर्सन नेपाली बजारमा उपलब्ध हुने भएको हो। यसमा ६१ किलोवाट आवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावरको मोटर हुनेछ, जसले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिनेछ।

यो नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा सुरक्षित ईभी हुने कम्पनीको दावी छ। यसमा २.५ एडास सेफ्टी फिचर उपलब्ध हुनेछ। १८० एमएम ग्राउन्ड क्लियरेन्स भएको सो इलेक्ट्रिक एसयूभीले फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ।

एसयूभीको एक्स्टेरियर डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक डिजाइन–दर्शनमा आधारित रहेको कम्पनीले जनाएको छ । एक्सटेरियर फिचर अन्तर्गत यसमा एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट र टी आकारको डेटाइम–रनिङ–हेडलाइट पाउन सकिन्छ ।

यसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटाएयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर दिइएको छ ।

ओमोडा ई५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू रहनेछन् । कम्पनी स्रोतका अनुसार सो गाडी आगामी साता नेपाली बजारमा औपचारिक रुपमा लन्च हुनेछ । यसको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ हुने बताइएको छ ।

Logo