काठमाडौँ । जलवायु परिवर्तन र त्यसबाट परेको असरको न्याय माग गर्दै ललितपुरको जावलाखेलमा ‘जलवायु जनमार्च २०८१’ गरिएको छ । विभिन्न जलवायु सम्बद्ध २४ संघसंस्थाले आज ‘ग्लोबल विक अफ एक्सन’को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘जलवायु जनमार्च २०२४’ जलवायु जनमार्च गरेका हुन् ।
ग्लोबल नर्थका देशहरूलाई जलवायु वित्तका लागि भुक्तानी गर्न आहृवान जनमार्च गरिएको हो । र्याली जावलाखेल चोक, दमकल चोक, ललितपुर महानगर कार्यालय परिसर हुँदै पाटन दरबार क्षेत्रमा पुगेको थियो ।
विश्वभरका औद्योगिक राष्ट्रलाई जलवायु वित्त भुक्तानीका लागि दबाब दिन जनस्तरबाट मार्च गर्न लागिएको आयोजकहरुले बताएका छन् । आगामी मंसिरमा अजरबैजानमा हुने संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलनमा जलवायु वित्तको मुद्दामा ठोस् निर्णय हुने अपेक्षा गरिएको आयोजकहरूको विश्वास छ ।
प्रतिक्रिया