अघि बढेका परियोजना नेपाल-चीनबीच मित्रताको प्रमाण हुन्ः गृहमन्त्री श्रेष्ठ

अघि बढेका परियोजना नेपाल-चीनबीच मित्रताको प्रमाण हुन्ः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलन नेपाल र चीनबीचको दिगो मित्रताको प्रमाण भएको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलन कार्यक्रममा बोल्दै उनले दिगो विकासलाई प्रवर्द्धन गर्न र साझा चुनौतिहरूलाई सम्बोधन अघि बढाइएका परियोजनाहरुलाई प्रयोग गर्न सकिने बताए। उनले सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलन नेपाल र चीनबिचको दिगो मित्रताको प्रमाण भएको बताएका हुन्।

उनले भने,‘मिलेर काम गर्नसके दिगो विकासलाई प्रवर्द्धन गर्न, साझा चुनौतिहरूलाई सम्बोधन गर्न र भविष्य सिर्जना गर्न डीआरआईको पूर्ण क्षमता प्रयोग गर्न सक्छौँ। सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलनले आशा र सहयोगको ज्योति प्रतिनिधित्व गर्दछ। यो नेपाल र चीनबिचको दिगो मित्रताको प्रमाण हो।’

उनले सरकार बीआरआई परियोजनाको कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने प्रक्रियामा रहेको जानकारी दिए। चीनसँग बीआरआई एमओयूमा हस्ताक्षर गरिसकेको भन्दै कार्यान्वयनको योजनामा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका हुन्।

‘चीनको बेल्ट एण्ड रोड पहल दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिन परिवर्तनकारी शक्तिको रूपमा उभिएको छ। हामीले चीनसँग बीआरआई एमओयूमा हस्ताक्षर गरिसकेका छौं,’उनले भने,‘हामी बीआरआई परियोजनाको कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने प्रक्रियामा छौं। हामी आशा गर्छौं कि यो छिट्टै हुनेछ र पछि हामी विशेष परियोजनाहरूमा जानेछौं।’

गृहमन्त्री श्रेष्ठले नेपाल र चीनबिच विद्यार्थीहरूको आवतजावतलाई सहजीकरण गर्नसके व्यक्तिगत विद्यार्थीको शैक्षिक यात्रालाई मात्र समृद्ध नबनाई विश्वव्यापी मानसिकताको विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे। नेपाल र चीनबीचको दीर्घकालीन सामाजिक–आर्थिक सम्बन्ध साझा विकासको दृष्टिमा गहिरो जरा गाडिएको उनको भनाई छ।

Logo