सांसद डा. सुनिल शर्माको पहलमा केएमसी र नोबेलको टोली बरहथवामा, १७ सय बढीले लिए सेवा

सांसद डा. सुनिल शर्माको पहलमा केएमसी र नोबेलको टोली बरहथवामा, १७ सय बढीले लिए सेवा

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सर्लाहीको बरहथवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

बरहथवा नगरपालिकाको जनतामा माविमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ७७५ जनाले सेवा लिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । शिविरमा आएका बिरामीमध्ये १३७ जनाको ईसीजी, ९३ जनाको ईको तथा १३४ जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै १५९ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको दाहालको भनाई छ ।

कांग्रेस मधेश प्रदेश सभापति सरोज यादवको समापतित्वमा भएको कार्यक्रममा अतिथिका रुपमा सांसद डा. शर्माले शल्यक्रिया गर्नुपर्नेमध्ये केएमसीमा आउनेलाई निःशुल्क तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा जाँदा ५० प्रतिशत छुटको सुविधा उपलब्ध गराउने जानकारी दिए ।

सांसद डा. शर्माको पहलमा केएमसी र नोबेलको टोलीले यसअघि रामपुर, बलरा नगरपालिका, कौडेना गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेका छन् । हजारौंले स्वास्थ्य सेवा लिएका छन् । यी दुई अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

Skip This
Skip This
Logo