सुजल फुड्सको चोकोफन बिगफन अब नयाँ प्याकमा

सुजल फुड्सको चोकोफन बिगफन अब नयाँ प्याकमा

केन्द्रबिन्दु
0
Shares

सुजल फुड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफन बिगफनलाई नयाँ प्याकमा बजारमा उतारेको छ ।

चोकोफन बिगफन चकलेटले भरिएको क्रिस्पी, क्रन्ची चारवटा तहहरुबाट बनेको हुन्छ । त्यसमाथि भेनिल्ला स्टाइप्स हुन्छ, जसको स्वादले उपभोक्तालाई अधिक रमाइलो र आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ ।

आकर्षक चम्किलो रातो रंग र सुनौलो रंगमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङ आकर्षक रहेको छ, जसले उपभोक्ताको रुची र प्राथमिकतालाई सम्बोधन गर्ने आशा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चोकोफन बिगफन १५ ग्राममा उपलब्ध छ । जसको मूल्य १० रुपैयाँ राखिएको छ । यो प्रडक्ट जार र प्याकेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले यसको उत्पादन संसारकै अत्याधुनिक प्रविधिको अटोमेटिक मसिनरिबाट स्वस्थकर वातावरणमा हुने उल्लेख गर्दै अन्तराष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने भएकोले गुणस्तर र स्वादमा एकरुपता हुने दाबी गरेको छ ।

सुजल फुड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी पनि हो, जुन आईएसओ २२०००ः२०१८ प्रमाणित छ। यो लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो ।

Logo