नुवाकोटको डाडाँगाउँमा काठमाडौँको बिजुली

नुवाकोटको डाडाँगाउँमा काठमाडौँको बिजुली

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १ स्थित डाडाँगाउँमा काठमाडौँ जिल्लाको बिजुली पुगेको छ।

डाडाँगाउँ नुवाकोट जिल्लाको साविक ओखरपौवा गाविस वडा नं. ९ मा पर्छ। भूगोलको हिसाबले खोलापारी रहेको भू-भाग काठमाडौँ हो। काठमाडौँको भू-भाग बीचमा रहेको झण्डै ४० घरदुरी रहेको डाडाँगाउँ मात्रै नुवाकोट हो।

लामो समयदेखि नुवाकोटबाट बिजुली पुराएपनि भू-भागका हिसाबले समस्या हुँदै आएको थियो। ४० घरदुरीलाई नुवाकोटबाट थ्रि फेज लाईन पुर्याउन मुस्किल भईरहेको थियो। घरायसी प्रयोजनको लागि लाईन तानेर डाडाँगाउँ पुर्याए पनि लोडपर्ने खालको लागि बत्ति नपुगेपछि डाडाँगाउँले हरेक निर्वाचनमा यसलाई मुख्य विषय बनाउँदै आएको थियो।

गएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नुवाकोट क्षेत्र नं. १ प्रदेश सभा २ बाट उम्मेद्वार रहेका पूर्णलाल श्रेष्ठले आफ्नो पहलमा डाडाँगाउँमा काठमाडौँको बिजुली पुर्याएको हो। गाउँका केही व्यक्तिहरुसँग निरन्तर छलफल गरि नेता श्रेष्ठ आफैं नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भई निवेदन दिएपछि लगातारको अन्तरसंवाद र ताकेतापछि डाडाँगाउँमा पोलको काम सुरु भएको थियो। विद्युत प्राधिकरणले डाडाँगाउँको लागि छुट्टै ट्रान्सफरमर जडान गरेको छ।

अहिले डाडाँगाउँबासीको घर–घरमा काठमाडौँको बिजुली बल्न थालेको छ। गाउँका काठमाडौँको ३ फेज लाईन सहितको बिजुली आईपुगेपछि स्थानीयले नेकपा एमालेका बागती प्रदेश कमिटी सदस्य पूर्णलाल श्रेष्ठलाई गाउँमै बोलाएर धन्यवाद ज्ञापन गरेको हो। यहि क्रममा श्रेष्ठले आफूले गठबन्धनका कारण निर्वाचनमा हार व्यहोर्नु परेपनि निरन्तर जनताको साथमा रहेर काम गरिरहेको बताए। यसअघि ककनी ४ मा रहेको विद्यालयमा जापानीज संस्थाको सहकार्यमा विभिन्न कक्षाहरु संचालन समेत आफ्नै पहलमा गरेको श्रेष्ठले बताए।

Logo