नेपालमा शक्तिराष्ट्रहरूको चलखेल बढेको प्रचण्डको दाबी

नेपालमा शक्तिराष्ट्रहरूको चलखेल बढेको प्रचण्डको दाबी

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औँ वार्षिक साधारणसभामा बोल्दै नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढेको बताएका छन् ।

विश्वमा बढेको शीतयुद्धको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरूले औँल्याएको बताउँदै अध्यक्ष प्रचण्डले यसलाई उपयोग गर्ने सके नेपालका निम्ति अवसर र नसके दुर्घटनामा जानसक्ने धारणा राखे ।

‘चाहे रुस, युक्रेन युद्ध, ढाई वर्षदेखि चलिरहेको छ। त्यसको विश्वव्यापी असर छ। इजरायल र हमासबीच चलिरहेको लडाइँ वा इरान र इजरायलको बीचमा कति बेला विष्फोट हुन्छ थाहा छैन। अहिले संसार तेस्रो विश्वयुद्धको संघारमा छ । ढोकामै आइपुगेको छ भन्न पनि शुरु गरिएको छ। विश्व पहिलाको भन्दा पनि अुसरक्षित भएको छ। अन्तरराष्ट्रिय तनावको प्रभाव दक्षिण एशियामा पनि परेको छ। श्रीलंका, बंगलादेशको घटनालाई हेर्दा थाहा हुन्छ,’ उनले भने।

Skip This
Skip This
Logo