एनसेल प्रकरणः प्रधानमन्त्रीलाई आजै छानबिन प्रतिवेदन बुझाउँदै समिति

एनसेल प्रकरणः प्रधानमन्त्रीलाई आजै छानबिन प्रतिवेदन बुझाउँदै समिति

केन्द्रबिन्दु
0
Shares

दुरसञ्चार प्रदायक कम्पनी एनसेलको शेयर खरिदब्रिकी प्रकरणको छानविन गर्न गठित समितिले आज सरकारलाई छानविन प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।

एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्रीको छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष पेस गर्ने तयारी गरेको हो ।

मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर स्वामित्व नेपाली मूलका सिंगापुरका नागरिक सतिशलाल आचार्यको बेलायतमा दर्ता भएको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेसँगै घोटला भएको आशंकाबीच सरकारले टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउन भनिएको थियो तर, अनुसन्धान नसकिएको भन्दै १५ दिन म्याद थप गरिएको थियो । त्यसपछि आज छानविन प्रतिवेदन बुझाउन लागिएको हो ।

एनसेलको ८० प्रतिशत सेयर एसियाली टेलिकम जायन्ट (आजियाटा)बाट नेपाली साझेदारकै विदेशी कम्पनीले एकदमै सानो मूल्यमा गरेको खरिदसम्बन्धी सम्झौतामाथि प्रश्न चिन्ह खडा गरेको हो ।

सम्बन्धित समाचार-

एनसेल प्रकरणः विदेशी लगानीका निम्ति वातावरण किन बिथोलिँदै छ ?

भाषणमा लगानीमैत्री वातावरण, व्यवहारमा आजियाटाको बहिर्गमन

Logo