अरुण चौधरी पक्राउ परेपछि उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण

अरुण चौधरी पक्राउ परेपछि उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड एवं पक्राउबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेपछि महासंघले गम्भीर ध्यानाकर्षण जनाएको हो । ‘महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको छ । तर, पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

महासंघले पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानूनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ । साथै, केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गैरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जानेतर्फ पनि महासंघले ध्यानाकर्षण गराएको छ ।

बाँसबारी जग्गा घोटाला प्रकरणः थापा र चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

Logo