बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र व्यवसायी अरुण चौधरीलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थापा र चौधरीलाई हिरासतमा राख्न अनुमति दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीलाई लाजिम्पाट क्षेत्रबाट र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।
एसएसपी दिनेश आचार्यको कमाण्डमा सिआइबीले छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान गरिरहेकाे छ। चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापना भएको बाँसबारी छाला उद्योग १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बिक्री गरिएको थियो । विनोद चौधरीसहितको कम्पनी, च्याम्पियन फुटवेयरलाई १० रोपनी जग्गा दिएर शेयर लिने निर्णय गर्दा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी प्रमुख थापा थिए। पछिल्लोसमय यसको शेयर सदस्य चौधरी पनि थिए । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।
प्रहरीले अपराह्न सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । उनलाई भोलि (शुक्रबार) अदालतमा उपस्थित गराउने प्रहरी तयारी छ ।































प्रतिक्रिया