टोयोटाको नयाँ हाइब्रिड गाडी यारिस क्रस शुक्रबार सार्वजनिक गरिँदै

टोयोटाको नयाँ हाइब्रिड गाडी यारिस क्रस शुक्रबार सार्वजनिक गरिँदै

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ। टोयोटाको नयाँ हाइब्रिड गाडी यारिस क्रस नेपाली बजारमा सार्वजनिक हुने भएको छ। नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले सो गाडी नेपाली बजारमा शुक्रबार सार्वजनिक गर्न लागेकाे हाे।

यसको अपडेट भर्सनको रुपमा नयाँ यारिस क्रस उपलब्ध हुने भएको हो । यसमा पावरफुल हाइब्रिड इन्जिन र आधुनिक सेफ्टी फिचर उपलब्ध छन्। कारमा नयाँ क्यामेरा र राम्रो राडार स्क्यानिङ सहित प्रि–कोलिजन सिस्टम, अपडेटेड एडेप्टिभ क्रुज कन्ट्रोल, एक्सेलेरेसन – सप्रेसन, सेफ एक्जिट असिस्ट र रियर सिट रिमाइन्डर सिस्टम जस्ता उत्कृष्ट एडीएएस फिचर उपलब्ध छन् । सो गाडीको मूल्य र अन्य फिचर लन्चिङकै समयमा सार्वजनिक गरिनेछ। यसको मूल्य १ करोड २५ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ।

हाइब्रिड भएकाले यसमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै छ। यसमा भएको १.५ लिटर पेट्रोल इन्जिनले १३० एचपी पावर र १८५ एनएम टर्क जेनेरेट गर्छ । यसले १०.७ सेकेन्डमा ० देखि १०० किमि प्रतिघण्टाको गति लिन सक्छ। त्यसैगरी इलेक्ट्रिक मोटर प्रयोग हुँदा ११४ एचपी पावर र १४१ एनएम टर्क जेनेरेट गर्छ।

क्याविन समेत निकै आकर्षक रहेको छ र यसमा १०.१ इन्चको नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ओटीए अपडेटसहितको टोयोटा स्मार्ट कनेक्ट मल्टिमिडिया सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले कम्प्याटिबिलिटी र थप सुविधाहरू छन्। यसमा इलेक्ट्रिक पार्किङ ब्रेक, अटोमेटिक एसी, रियर एसी भेन्ट, ६ स्पिकर सहितको अडियो सिस्टम र १४ कलरको एम्बियन्ट लाइट दिइएको छ।

Logo