पक्राउ परेपछि दुर्गा प्रसाईंले भने- ओलीसँग एक थोपा रगत हुन्जेलसम्म पनि लड्छु

पक्राउ परेपछि दुर्गा प्रसाईंले भने- ओलीसँग एक थोपा रगत हुन्जेलसम्म पनि लड्छु

केन्द्रबिन्दु
840
Shares

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।

प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।” प्रहरीले शुरुमा ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका नखोलेपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेर पक्राउ गरेको हो ।

तर, पक्राउ परेर प्रहरीको गाडीमा चढ्ने बेलामा दुर्गा प्रसाईले भने, ‘केपी ओलीसँग त एक थोपा रगतहुन्जेल सम्म पनि लड्छु ।’

प्रसाईंका पछिल्ला गतिविधि र आक्रामक क्रियाकलाप प्रमुख राजनीतिक दल र सरकारलाई टाउको दुखाइको विषय बन्न पुगेको थियो । अझ प्रधानमन्त्री केपी शर्मा ओली र एमालेमाथि त हरेक कार्यक्रममा तथानाम गालीलगौज गर्दै आएका थिए । त्यसैबीच एकाएक आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी झन् आक्रोशित बनेका हुन् ।

Skip This
Skip This
Logo