प्रक्रिया पूरा गरेका कम्पनीको आईपीओ निष्कासन रोक्नु हुँदैनः अध्यक्ष ढकाल

प्रक्रिया पूरा गरेका कम्पनीको आईपीओ निष्कासन रोक्नु हुँदैनः अध्यक्ष ढकाल

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओ निष्कासन रोक्न नहुने बताएका छन्।

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा ढकालले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आईपीओ निष्कासन रोक्न नहुनेमा जोड दिएका हुन्।

२५ देखि ३० वटासम्म कम्पनी नियमित आईपीओमा लैजान लाइनमा रहेको भन्दै ढकालले ति कम्पनीका आईपीयो निष्कासन गर्न दिनुपर्ने बताए। ढकालले भने, ‘माननिय अर्थमन्त्री ज्यु करिब २५ देखि ३० वटा कम्पनीहरु जुन रेगुलर आईपीयोमा लग्नको लागि लाइनमा छन्। त्यो धेरै महिनादेखि रोकिएको छ। ति कम्पनीले प्रकृया पुर्याएर एउटा चिठिको लागि कुरेर बसेका छन्। प्रकृया पूरा भएको र प्रकृया पूरा गर्ने अन्तिम चरणमा पुगेका कम्पनीलाई आईपीओ निष्कासन गर्न दिनुपर्छ भन्ने कुरा निजी क्षेत्रको तर्फबाट राख्छु।’

अध्यक्ष ढकालले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आईपीओ निष्कासन गर्न दिनुपर्ने बताए हुन्। बोर्डको अध्यक्षको कारणले प्रकृया पुर्याएका कम्पनीलाई रोक्न नहुनेमा उनले जोड दिए।

Logo