नेपालमै पहिलोपटक ८ वर्ष वारेन्टी भएको उलिङ्ग इभी भ्यान सार्वजनिक हुँदै

नेपालमै पहिलोपटक ८ वर्ष वारेन्टी भएको उलिङ्ग इभी भ्यान सार्वजनिक हुँदै

केन्द्रबिन्दु
112
Shares

कमर्सियल गाडीहरुको नेपालकै अग्रणी डिलर शशिला मोटर्स् प्रालिले आफ्नो व्यवसायलाई व्यापक बनाउँदै विश्व प्रसिद्ध इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडसँग नेपालका लागि आधिकारिक वितरकको रुपमा सम्झौता गरेको छ ।

उलिङ्ग मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ । उलिङ्ग मोटर्स चाइनामा बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड हो । यस सम्झौता पश्चात शशिला मोटर्स् प्रा.लि. उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरुको लागि एकमात्र आधिकारक बितरकको रुपमा रहनेछ ।

उक्त सम्झौतामा शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् ।

नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरु सार्वजनिक हुँदै

कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रालि र विश्व प्रसिद्ध बस उत्पादक कम्पनी इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागिएको छ ।

उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुनेछ । साथै इभी भ्यानहरुमध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुनेछ । नेपालको यातायात क्षेत्र विद्युतिकरणमा रुपान्तरण हुँदै गइरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुनेछ ।

यसका साथै कार्वन उत्सर्जनमा कमी गर्नमा महत्वपूर्ण योगदान पु-याउनेछ । यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए ।

उलिङ्ग इभी भ्यानका प्रमुख बिशेषताहरुः
-नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख कि.मि. सम्मको वारेन्टी
भएको ।
-४१.८७ कि.वा.आवर ब्याट्री ।
-कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक ।
-सिङ्गल चार्जमा ३०० कि.मि. रेञ्ज ।
-११ सिट क्षमताको भएको इभीमा सहज यात्राका लागि आरामदायी सिट ।
-४.९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउ सहित उत्कृष्ट आन्तरिक सजावट भएको ।

Logo