सिट्रोनका सबै गाडीमा अब ६ एयरब्याग समावेश हुने

सिट्रोनका सबै गाडीमा अब ६ एयरब्याग समावेश हुने

केन्द्रबिन्दु
42
Shares

फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले अब आफ्नो कारमा ६ वटा एयरब्याग समावेश गरेको छ । सुरक्षा मापदण्डमा विशेष ध्यान दिँदै कम्पनीले आफ्ना सबै कारमा ६ वटा एयरब्याग प्रदान गर्ने भएको हो ।

यस सिस्टममा फ्रन्ट एयरब्याग, साइड एयरब्याग र कर्टेन एयरब्याग समावेश छन् । यसले गम्भीर चोटपटक वा दुर्घटनामा मृत्यु हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको दाबी छ । यसअघि हुन्डाई र कियाले आफ्नो कारमा ६ वटा एयरब्याग समावेश गरेका थिए ।

साथै कम्पनीले आईसोफिक्स सिट एन्कोरेज र रियर सिट बेल्ट रिमाइन्डर जस्ता फिचर पनि उपलब्ध गराउनेछ । सिट्रोन कारमा यी परिवर्तन सन् २०२४ को दोस्रो त्रैमासिकबाट लागू हुनेछ ।

नेपाली बजारमा सांग्रिला मोटर्सले सिट्रोनका गाडी बिक्री–वितरण गरिरहेको छ ।

Logo