आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ किनबेच

आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ किनबेच

केन्द्रबिन्दु
686
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबारकाे तुलनामा शुक्रबार सुनचाँदीको मूल्य बढेकाे छ। शुक्रबार सुनको भाउ १०० रूपैयाँ बढेकाे हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेकाे छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार चाँदी प्रतितोला २० रूपैयाँले बढेकाे हो।

Logo