फूडमाण्डुले ल्यायाे ‘भ्यालेन्टाइन डे कन्टेस्ट’

फूडमाण्डुले ल्यायाे ‘भ्यालेन्टाइन डे कन्टेस्ट’

केन्द्रबिन्दु
14
Shares

काठमाडौँ । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ ।

यस कन्टेस्टअन्तर्गत फूडमान्ड मार्फत फूड अर्डर गर्ने ग्राहकमध्यबाट हरेक दिन ५ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्रमार्फत छनोट गरिनेछ । उक्त भाग्यशाली विजेताहरुलाई मिनिसो, केटिएम सिटी, अभाता र फूडमान्डु मर्कन्डाइजको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिनेछ । विजेताहरू दैनिक रूपमा सोसल मिडिया प्लेटफर्महरूमा घोषणा गरिनेछ र फूडमान्डूको अफिसबाट गिफ्ट ह्याम्परहरु सङ्कलन गर्न सकिनेछ ।

यसका साथै ग्राहकहरुले ४० वटा विभिन्न रेस्टुरेन्टबाट बाइ वान गेट वान फ्रि तथा आकर्षक कम्बो अफरहरु समेत प्राप्त गर्न सक्नेछन् । फूडमान्डुले विभिन्न बैँक र वालेटहरुसँगको सहकार्यमा ग्राहकहरुलाई विभिन्न क्यासब्याक अफरहरु समेत प्रदान गर्नेछ ।

यसबारे बोल्दै फूडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भने, “हाम्रा आदरणीय ग्राहकहरुलाई लक्षित गर्दै हामीले भ्यालेन्टाइन डेको अवसर पारेर आकर्षक अफरहरु ल्याएका छौँ । आशा छ कि हाम्रा ग्राहकहरुले यो अफरलाई मन पराइदिनु हुनेछ र फूडमान्डुलाई अझै बढी माया र साथ प्रदान गर्नुहुनेछ ।”

माघ २४ देखि फागुन २ गतेसम्म लागु हुने यस अफरहरुमा सहभागी हुनको लागि फूडमान्डुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्न सकिनेछ ।

Logo