साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’को प्रायोजन गर्ने

साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’को प्रायोजन गर्ने

केन्द्रबिन्दु
28
Shares

साइमेक्स इंक प्रालिले बीवाईडी अटो इन्डस्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक, ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल-चाइना फ्रेन्डसिप फुटबल खेलको प्रायोजन गर्ने भएको छ ।

चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्‌द्वारा आयोजना गरिने सो खेल शनिबार दशरथ रंगशालामा आयोजना हुनेछ।

बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यू-२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुनेछ । यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबीचको सम्बन्धलाई बलियो बनाउने दाबी कम्पनीको छ।

‘बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुनेछ, जसले उत्साहजनक प्रतिस्पर्धा र मित्रतालाई झल्काउने छ । यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबीचको सम्बन्धलाई अझै मजबुत बनाउने छ । यस प्रकारको प्रतिष्ठित इभेन्टको मुख्य प्रायोजकको नाताले साइमेक्स इंक प्रालिले दुई देशबिचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

Logo