एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपाली बजारमा, यस्ता छन् विशेषता

एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपाली बजारमा, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
42
Shares

एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले एक्साइडको इन्भर्टर नेपाली बजारमा सार्वजनिक गरेको छ । एक्साइड स्टार र एक्साइड म्याजिक नामका दुईवटा इन्भर्टर एक कार्यक्रमबीच एकैसाथ सार्वजनिक गरिएको हो ।

एक्साइड स्टारमा एड्भान्स माइक्रोकन्ट्रोलर, लो भोल्टेज अपरेसनका लागि उपयुक्त प्योर साइन वेभ सेप, दुइवटा अप्सनमा चार्ज गर्न सकिने, एलइडी डिस्प्ले इन्टरफेस र अटो स्मार्ट प्रोटेक्सन लगायतका रहेका छन्। यसैगरी एक्साइड म्याजिकमा डिजिटल सिग्नल प्रोसेसर, अटो सेन्स इन्टेलिजेन्ट कन्ट्रोल, एक्स्ट्रीमली लो हार्मोनिज, कलरफुल एलइडी इन्टरफेस, दुइवटा अप्सनमा चार्ज गर्न सकिने, अटो स्मार्ट प्रोटेक्सन र नोइजलेस अपरेसन लगायतका विशेषताहरु रहेका छन् ।

यस एक्साइड इन्भर्टर सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरु र एक्साइडका नेपालभरी रहेका डिलरहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने “बिगत लामो समयदेखी पावर व्याकअप सेवा दिदै आइरहेकोमा नयाँ इन्भर्टरहरुले आगामी दिनमा नयाँ उचाई र आयाम छुने कुरामा विश्वस्त हुन सम्पूर्ण डिलरहरुलाई आग्रह गर्नु चाहन्छु ।”

साथै एक्साइड इन्डियाका कार्यकारी उपाध्यक्ष मुकुल कन्डवालले भने, “ यस एक्साइड स्टार र एक्साइड म्याजिक नेपालमा ल्याउन पाउँदा एकदमै खुसी लागेको छ । यस इन्भर्टरले नेपाली बजारमा पावर व्याकअपको रेञ्ज पुरा भएको छ । जसले ग्राहकको अनुकुलता अनुरुप व्याकअपको परिपुर्ती गर्न मद्दत गर्दछ । ”

देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।

Logo