नेपाली बजारमा बढ्याे रोयल इन्फिल्ड क्लासिक ३५० को मूल्य, अब कति ?

नेपाली बजारमा बढ्याे रोयल इन्फिल्ड क्लासिक ३५० को मूल्य, अब कति ?

केन्द्रबिन्दु
406
Shares

नेपाली बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० को मूल्य बढेको छ ।

नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभका अनुसार मोटरसाइकलको मूल्य बढेर अब ५ लाख २० हजार रुपैयाँ पुगेको हाे । यसअघि ४ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको थियाे । कम्‍पनीले डबल डिस्कमा रहेका रोयल इन्फिल्ड क्लासिक ३५० को क्रोम र डार्क एडिसनको मूल्य पनि केही दिन पहिले बढाएको थियो ।

नेपाली बजारमा पहिलोपटक गत जेठ महिनामा क्लासिक ३५० मोडल लन्च गरेको थियो । त्यो समयमा सिंगल डिस्क क्लासिक ३५० लन्च गरेकोमा गत भदौमा सम्पन्न नाडा अटो शोमार्फत डबल डिस्कयुक्त क्लासिक ३५० क्रोम र डार्क एडिसन सार्वजनिक गरेको थियो । क्लासिक ३५० मा ३४९ सीसी क्षमताको एफआई इन्जिन रहेको छ, जसले २० पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रयुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एक्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्सन र ट्वीन सक एब्जर्बर जस्ता फिचर उपलब्ध छन् ।

Logo