बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न

बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न

केन्द्रबिन्दु
84
Shares

बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न भएकाे छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले १०० वटा बिरुवा रोप्ने उद्धेश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरुलाई समेटेर १०० एनएस राइड सम्पन्न गरेकाे हाे ।

विश्व सिमसार दिवसको अवसर पारेर गरेको उक्त राइड कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा १०० भन्दा धेरै फलफूलको बिरुवा वृक्षारोपण गरेको कम्पनीले जनाएकाे छ । १०० भन्दा धेरै एनएस ग्राहकहरु सहभागी यो राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाइघाट, लहानलगायतका विभिन्न स्थानका राइडरहरु सहभागी रहेका थिए । उक्त कार्यक्रममा सहभागी सबै राइडरहरुले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरुमा भाग लिएका थिए ।

विभिन्न खेलका विजेताहरुलाई कम्पनीले उपहारस्वरुप फुल हेलमेट प्रदान गरेको थियो । उक्त राइडमा ५० वर्षभन्दा बढि उमेर समहुका राइडरहरुको समेत सहभागिता रहेको थियो भने महिला राइडरको समेत सहभागिता रहेको थियो ।

Logo