४.४ मेगावाटको राधी हाइड्रोपावरले थाल्यो विद्युत उत्पादन

४.४ मेगावाटको राधी हाइड्रोपावरले थाल्यो विद्युत उत्पादन

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। राधी विद्युत कम्पनीदरा प्रवर्द्धित राधी साना जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ।

४.४ मेगावाटको आयोजना गत असार २२ गते अविरल रुपमा भइरहेको वर्षाका कारण आएको बाढी र पहिरोले क्षति पुर्याएको थियो। सो पहिरोका कारण आयोजनाको डेडवर्क्स र हेडरेस पाइमा क्षति पुगेको थियो।

उक्त आयोजनाको फागुन ५ गते शनिबार टेस्टिङ्ग भएको थियो। क्षति भएको ७ महिनापछि फेरि विद्युत उत्पादन सुरु गरेको हो।

त्यसयता अर्थात् गत असार २२ गते राती ९ बजेबाट आयोजना बन्द छ। तर, हाल उक्त समस्याको समाधान गरि फागुन ६ गतेदेखि पुन: संचालनमा आएको छ।

Logo