चैतका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर

चैतका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।

बैंकहरूले व्यक्तिगत मुद्दतीमा जति ब्याजदर तोकेका छन्, संस्थाहरुलाई त्यसको १ प्रतिशत विन्दु कम हुन्छ । प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।

फागुन महिनाको तुलनामा चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन् । यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १.५ प्रतिशत विन्दुले घटाएका छन् भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएका छन् ।

तर, प्रभु बैंक र ग्लोबल आइएमई बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी दुई बैंकले चैत महिनामा पनि व्यक्तिगत मुद्दतीमा ७.५ प्रतिशतका दरले नै ब्याज दिने भएका छन् । यद्यपि, यी दुई बैंकहरुको संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने १ प्रतिशत विन्दुले बढेको छ।

२० बैंकहरुमध्ये कृषि विकास बैंकको ब्याजर सबैभन्दा कम रहेको छ । यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ५.६६१ प्रतिशत र संस्थागत मुद्दतीमा अधिकतम ४.०१ प्रतिशतका दरले ब्याज दिने भएको छ ।

एनआईसी एशिया बैंकले चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८.५४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा यस्तो ब्याजदर ८ प्रतिशत थियो । त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७.५४ प्रतिशत पुर्याएको जनाएको छ ।

बैंकहरूले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर

Logo