इथियोपिया पर्यटन सप्ताहमा सहभागी भएका नेपाली कलाकारलाई भव्य स्वागत

इथियोपिया पर्यटन सप्ताहमा सहभागी भएका नेपाली कलाकारलाई भव्य स्वागत

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेपाली कलाकारहरुको एक समूह अफ्रिकी मुलुक इथियोपिया पुगेको छ । इथियोपियाकाे पर्यटकीय शहर ओरोमियामा जारी ‘ओरोमिया टुरिजम वीक’ मा सहभागिता जनाउन आधा दर्जन नेपाली कलाकारहरु आइतवार मध्यराति इथियोपिया पुगेका हुन् ।

धौलागिरी एड्भेन्चर ट्राभल्स एण्ड ट्रेक प्राइभेट लिमिटेडका अध्यक्ष आङ कामी शेर्पाको नेतृत्वमा त्यहाँ पुगेका नेपाली कलाकारहरुमा गायक अजित घिसिङ तामाङ, अभिनेत्री बीना राउत, नृत्य कलाकार मदन भण्डारी, अभिनेता सरोज प्रजा तथा नृत्य कलाकार निमा कुमारी स्याङ्तान छन् ।

उनीहरुलाई आइतवार राति ओरोमियामा भव्य स्वागत गरिएको गायक अजित घिसिङले जानकारी गराएका छन् । विमानस्थलबाट बाहिरिएपछि उनीहरूलाई स्वागत गरिएको हो । नेपाली कलाकारहरुलाई विमानस्थलमा अन्तर्राष्ट्रिय लेखक हाम्जा वोरियो, ओरिमिया टूरिजम कमिशनका कमिश्नर लेलिसा ढुंगा तथा सरकारी अधिकारीहरुले स्वागत गरेका थिए ।

त्यसक्रममा गायक अजित घिसिङ स्थानीय सञ्चार माध्यमसंग कुराकानी गर्दै इथियोपियाको सरकारले नेपाली कलाकारहरुलाई पर्यटन सप्ताहमा निम्त्याएको धन्यवाद व्यक्त गरेका छन् ।

इथियोपियाको ओरोमियामा आयोजना भैरहेको ‘ओरोमिया टूरिजम विक’ मा सहभागिता जनाउन उनीहरू त्यहाँ पुगेका हुन् । गत सेप्टेम्बर २५ देखि नै प्रारम्भ भएर अक्टोबर १० सम्म ञ्चालन हुनेछ ।

यूनेस्कोबाट मान्यता प्राप्त उक्त टूरिजम वीकलाई ओरोमिया टूरिजम कमिशन तथा इथियोपियाको पर्यटन मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेका हुन् । पर्यटन महोत्सवमा नेपाली कलाकारहरुले नेपाली सांस्कृतिक प्रस्तुति समेत दिनेछन् ।

सांस्कृतिक आदान–प्रदान गर्ने उदेश्यले नेपाली कलाकारहरु सहभागि हुन लागेको उक्त कार्यक्रमका आधिकारिक सदस्यहरुमा आङ कामी शेर्पा, उर्गिन मिङ्गुम तामाङ, गीता कुमारी शाही तथा स्मारिका शाही रहेका छन् ।

Skip This
Skip This
Logo