आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
448
Shares

काठमाडौँ। नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेकाे छ। मंगलबार १ लाख २६ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ हजार रूपैयाँले घटेर १ लाख २५ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेकाे छ। अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० रूपैयाँले घटेर १ हजार चार सय ६५ रूपैयाँ तोकिएको महासङ्घले जनाएको छ।

Logo