नाडाद्वारा उपभोक्ता संरक्षण विभागका महानिर्देशकसँग दस्तूर र धरौटीका सम्बन्धमा छलफल

नाडाद्वारा उपभोक्ता संरक्षण विभागका महानिर्देशकसँग दस्तूर र धरौटीका सम्बन्धमा छलफल

केन्द्रबिन्दु
140
Shares

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले राजपत्रमा प्रकाशित एजेन्सी दर्ता, दस्तूर र धरौटीका सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेकाे छ ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालसँग भेटगरी विभिन्न विषयहरूमा छलफल गरेको हाे । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सरकारले मितिः २०८० फागुन २५ को राजपत्रमा प्रकाशित एजेन्सी दर्ता, दस्तूर र धरौटीका सम्बन्धमा विस्तृतरूपमा छलफल गरेको हो । उक्त छलफलमा अध्यक्ष चौधरीले राजपत्रका प्रकाशित एजेन्सी दर्ता, दस्तूर र धरौटीका सम्बन्धमा राखिएको प्रावधानहरूमा केही अस्पष्टता रहेकोले त्यसको स्पष्टताको लागि आग्रह गरे ।

उक्त अवसरमा महानिर्देशक चिलुवालले यस विषयमा देखिएका समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने बताउँदै थप वर्कआउट गरी दुवै पक्षबीच पुनः छलफल गर्ने बताए । यसै क्रममा उनले विभागले उपभोक्ताहरूको अधिकार र व्यवसायीहरूको हितमा पनि ध्यान दिने बताए ।

यसै छलफलका क्रममा नाडाका प्रथम उपाध्यक्ष आकाश गोल्छाले उक्त राजपत्रमा प्रकाशित एजेन्सी दर्ता, दस्तूर र धरौटीका सम्बन्धमा नीतिगत सुझावसमेत प्रस्तुत गरे । विभागका अन्य अधिकारीहरू समेतको उपस्थिति रहेको उक्त छलफलमा नाडाका सचिव विक्रम सिंघानिया र एशोसिएशन सचिव सुरेन्द्र प्रधानको पनि उपस्थिति रहेको थियो ।

Logo