मोरङको पथरीमा आगलागी, १ करोड ५० लाखको क्षति

मोरङको पथरीमा आगलागी, १ करोड ५० लाखको क्षति

केन्द्रबिन्दु
154
Shares

पथरी। मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाख रूपैयाँको क्षति भएको छ। राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ।

मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो।

मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन। आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो। आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यलय पथरीले जनाएको छ।

Logo