आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन ताेलामा १३ सय रूपैयाँले घटेकाे हाे।

बिहीबार १ लाख २७ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज घटेर १ लाख २६ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ९ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेकाे छ। बिहीबार प्रतितोला १ हजार ५ सय ५५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५५ रूपैयाँले घटेर १ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo