नयाँ वर्षमा सीजी एसडीएको ‘नयाँ सोचौं, नयाँ रोजौं’ योजना

नयाँ वर्षमा सीजी एसडीएको ‘नयाँ सोचौं, नयाँ रोजौं’ योजना

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ मा ग्राहकहरुलाई ‘नयाँ सोचौं, नयाँ रोजौें’ भन्ने उपहार योजना लिएर आएको छ ।

यस उपहार योजना अन्तर्गत सीजी एसडीएकोे नवीनतम प्रविधि एवम गुणस्तरका युक्त घरायसी सामाग्रीहरु खरिद गरी ग्राहकहरूले लक्की ड्र मार्फत हरेक हप्ता सी.जी. एस.डि.ए.का उत्कृष्ट उत्पादनहरू जित्न सक्नेछन् भने बम्परमा दुई जोडीले थाइल्याण्ड र मेघौली सेराई घुम्न जान पाउने अवसर प्राप्त गर्नेछन् ।

यस उपहार योजनाअन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एलईडि टिभि, गुगल टिभि.,एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यास ब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्तै ३२ ४३, ५०, र ५५ इन्चको एलइडी टिभी,अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनरमा क्यासब्याक अफर रहेको छ भने ६५” र ७५ इन्चको गुगल टिभीमा क्यासब्याक लगायत २.१ स्पीकर उपहार पनि रहेको छ ।  

कम्पनीका अनुसार सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ के.जी. एरियल उपहार रहेको छ । माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सकिनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्नेछन् ।

साथै ० प्रतिशत ई.एम.आई. सि.जी. लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसँग नयाँ सि.जी.को सामान साट्न सक्ने सुविधा पनि रहेको छ ।

यो योजना चैत्र २१, २०८० देखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

Logo