माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो एम-कार्ड सेवा

माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो एम-कार्ड सेवा

केन्द्रबिन्दु
171
Shares

काठमाडौं। माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम-कार्डको सुविधा संचालनमा ल्याएको छ।

यस एम-कार्ड सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक-धार्मिक-ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन्।

साथै कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात गर्न सक्ने छन्। एम-कार्ड सेवाले कार्डप्रयोगकर्तालाई पृथक अनुभूति जगाउने र नौलोपनको आभास दिलाउने छ।

बैंकले हाल यो एम-कार्डलाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भएता पनि भविश्यमा क्रेडिट कार्ड समेतमा लागू गर्ने बैंकको योजना रहेको छ। बैंकको २४औँ वार्षिकोत्सवको अवसरमा हालै यो एम-कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

“हाम्रा ग्राहकहरुलाई नविन तथा व्यक्ति अनुकुलित बैकिङ समाधानहरु प्रदान गर्न प्रतिबद्ध छौं”, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने, “एम-कार्ड सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत राख्दै हाम्रा ग्राहकहरुलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रुची अभिरुचीहरु पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ।”

माछापुच्छ्रे बैंक ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्न निरन्तर अग्रसर छ र ग्राहकहरुको बैकिङ अनुभवलाई थप उत्कृष्ट बनाउन बैकले एम–कार्ड सेवामार्फत अर्को एक कदम अघि सारेको छ।

Skip This
Skip This
Logo