यूएईबाट नेपाल पैसा पठाउँदा १ किलो सुन र ५ वटा कार जित्न माैका

यूएईबाट नेपाल पैसा पठाउँदा १ किलो सुन र ५ वटा कार जित्न माैका

केन्द्रबिन्दु
196
Shares

यूएईबाट नेपाल पैसा पठाउँदा १ केजी सुन र ५ वटा कार उपहार पाइने भएको छ । अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि ‘समर योजना’ ल्याएर घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गर्न लागेको हो ।

एक्सचेन्जकाे केन्द्रिय कार्यालय आबुधावीमा बुधबार पत्रकार सम्मेलन गर्दै यो योजना अन्तर्गत नेपालसहित कुनै पनि देशमा पैसा पठाउँदा सेवाग्राही स्वतः उपहारको भागीदार बन्ने योजना सार्वजनिक गरेको हो । यसका शाखाहरू मार्फत पैसा पठाउने सदस्यहरूले लक्की ‘ड्र’ मा प्रवेश गर्न प्रत्येक एक कुपन प्राप्त गर्नेछन्।

“हामी सन् १९९६ देखि सञ्चालन गर्दै आएका छौं। हामीले सधैं हाम्रा ग्राहकहरूसँग सुमधुर सम्बन्ध निर्माण गर्ने प्रयास गरेका छौं। हाल हाम्रो देशमा ३० वटा शाखा छन्,’ वरिष्ठ मार्केटिङ म्यानेजर सन्तोष नायरले पत्रकार सम्मेलनमा भने ।

यो योजना मार्च २८ तारिखदेखि जुलाई २५ सम्म सन्चालन गरिनेछ । यस् अवधिमा एक्स्चेञ्जको कुनै पनि शाखाबाट पैसा पठाउने मध्येबाट गोला प्रथा गरी विजेता छनौट गरिने छ । जहाँ आधा केजी सुन र पाँचवटा सेडान कारहरू जित्न सकिने छ। करिब १०० ग्राहकले मासिक ‘ड्र’ मार्फत ८ ग्राम र ४ ग्राम सुन जित्ने अवसर प्राप्त गर्नेछन् ।

डेपुटी अपरेसन म्यानेजर शनिश कोल्लाराले एक्सचेन्ज फर्म एसियाली र अफ्रिकी देशहरूबाट आउने विदेशीहरूमाझ लोकप्रिय रहेको बताए । “हाम्रा अधिकांश ग्राहकहरू भारत, नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान, फिलिपिन्स र अफ्रिकी राष्ट्रहरूका छन्। तर सहभागिता सबै देशहरूको लागि खुला छ।” उनले भने ।

त्यस्तै, बैंकिङ अपरेसन म्यानेजर मोहम्मद मार्गुबले भने “अहलिया एक्सचेन्जले पनि खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्दै आएको छ।” पत्रकार सम्मेलनमा व्यवसाय विकास प्रबन्धक अमिर इकबाल र स्याटेलाइट एण्ड एपीएस मार्केटिङका प्रबन्धक सुदर्शन जोशीको उपस्थिति रहेको थियो ।

Logo