नेपाली बजारमा भित्रियो होन्डाको एनएक्स २००

नेपाली बजारमा भित्रियो होन्डाको एनएक्स २००

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले एनएक्स २०० बाइक भित्रयाएको छ।

एनएक्स २०० बाइकलाई सिटी राइडिङ र र लामो दूरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ। यसको अपराइट पोजिशन र टायरको टफ ट्रेड प्याटर्नले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी रहेको छ।

एनएक्स २०० मा उपलब्ध वाइण्ड भाइजर र एलईडी विङ्कर सहितको नकल कभरले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ।

लिक्विड क्लियर डिजिटल मिटर र चालकलाई पायक पर्नेगरि चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि यसको अरु थप उल्लेखनिय बिशेषता हुन्। बाइकमा रहेको फ्रन्ट एबीएस सिस्टम र डूअल पेटल डिस्क ब्रेकले राइडरको यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता पदान गर्दछ, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावश्यक हुन्छ।

पीजीएम एफआई सिस्टमले इन्धनको वचत गर्दै एकोहोरो जिन्दगीबाट पर कतै उमङ्ग खोज्न निस्कने भरपुर शक्ति पनि राइडरलाई दिने कम्पनीको भनाइ छ । यसको शक्तिशाली टर्क क्षमताले सहरी सयर सहज र लामो अफ्टेरो यात्रा पनि रोमान्चक लाग्नेछ।

१० वर्ष सम्मको वारेन्टी प्याकेज सहित हाललाई विभिन्न चार रङ्गहरुमा उपलब्ध एनएक्स २०० को सुरुवाती मूल्य ४ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

Logo