सुख्खा पहिरो खसेर अवरूद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा

सुख्खा पहिरो खसेर अवरूद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा

केन्द्रबिन्दु
69
Shares

काठमाडौँ। शुक्रबार दिउँसो सुख्खा पहिरो खसेर अवरूद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार दिउँसो बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ पिप्लेमा पुनः पहिरो खसेर वैकल्पिक मानिएको बाटो पनि अवरुद्ध भएको थियो।

पहिरोले सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आइरहको बस र टाटा सुमो पुरेको थियो। तर, मानवीय क्षति भने भएको थिएन।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाका अनुसार उक्त सडक खण्डको पहिरो पन्छाएर शुक्रबार दिउँसो २ः३० बजेबाट सडक पुनः सञ्चालनमा आएको हो।

Skip This
Skip This
Logo