अब टियागो ईभी १ लाख महंगो

अब टियागो ईभी १ लाख महंगो

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । टियागो ईभीको मूल्यमा १ लाख रुपैयाँले वृद्धि भएको छ। नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय कार टियागो ईभीको मूल्यमा १ लाख रुपैयाँले वृद्धि गरेको हो।

यसको शुरुवाती मूल्य योजना समाप्त भएको बताउँदै कम्पनीले मूल्य वृद्धि भएको जानकारी सार्वजनिक गरेको हो।

गत भदौ महिनामा आयोजित नाडा अटो शोको अवसरमा कम्पनीले टियागो ईभी नेपाली बजारमा आकर्षक मूल्यमा सार्वजनिक गरेको टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक भएको कम्पनीको दाबी छ।

हालसम्म सो गाडीका १ हजार ५०० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको कम्पनीले दाबी गरेको छ।

सो गाडीको खरिदमा सीमित अवधिको लागि राखिएको मूल्य, ग्राहकहरुले दर्शाएको रुचि र मागको कारण मार्च सम्म लम्ब्याइएको थियो। कम्पनीका अनुसार २०२४ अप्रिलको ५ तारिख देखि टियागो ईभीको सुरुवाती मुल्यको अवधि सकिएको छ। नेपालमा उपलब्ध टियागो ईभीको सबै मोडलहरुमा एक लाखले मुल्य वृद्धि भएको छ ।

हाल नेपाली बजारमा एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लक्स गरी तीन भेरिएन्ट बिक्रीका लागि उपलब्ध छन्। यी गाडीको मूल्य क्रमशः २६ लाख ४९ हजार, २७ लाख ९९ हजार र २८ लाख ९९ हजार रुपैयाँ पुगेको हो।

त्यतिबेला सर्ट रेन्ज अर्थात सबैभन्दा सस्तो एमआर एक्सई भेरिएन्टको मूल्य २२ लाख तोकिएको थियो भने एमआर एक्सटीको २३ लाख रुपैयाँ तोकिएको थियो।, तर अहिले भने बिक्रीका लागि लङ रेन्ज मात्र उपलब्ध छ।

अत्याधुनिक जिपट्रोन प्रविधियुक्त टियागो ईभीका पाँच वटा प्रमुख बिशेषताहरु कार्य कुशलता, प्रविधि, विश्वसनियता, चार्जिङ र आरामदायिता रहेका छन् । अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा रहेका छन्।

Logo