नेपालमा युपीआई विस्तार गर्न फोनपेद्वारा इसेवा र होटल संघसँग साझेदारी

नेपालमा युपीआई विस्तार गर्न फोनपेद्वारा इसेवा र होटल संघसँग साझेदारी

केन्द्रबिन्दु
98
Shares

नेपालको फोनपे नेटवर्कमा युपीआईको प्रयोग बढाउने उद्देश्यले नेपाली नयाँ वर्षको उपलक्ष्यमा बिहीबारबाट सुरु हुने फेवा महोत्सवमा फोनपेले इसेवा र होटल संघ नेपालसँग साझेदारीको घोषणा गरेको छ ।

फेवा महोत्सव नेपालभरका आन्तरिक पर्यटकमाझ मात्र नभएर भारतीय पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय रहेको पाइन्छ । परम्परागत नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू, स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सङ्गीत प्रस्तुति, परम्परागत नेपाली नृत्य तथा सङ्गीत प्रस्तुति, कला प्रदर्शनी र कार्यशालाहरू लगायतका सांस्कृतिक प्रस्तुतिहरूको साथमा फेवा महोत्सवले नेपाली संस्कृति र स्थानीय खानाको स्वादको अनुभव लिने अनुपम अवसर प्रदान गर्दछ।

यस वर्ष, नेपालमा युपीआईको लोकप्रियता बढाउने बढाउने उद्देश्यले फोनपेले फेवा नयाँ वर्ष महोत्सवमा ग्राहकहरूमाझ युपीआईको प्रयोगले डिजिटल भुक्तानीमा हुने सहजता झल्काउने कार्य तथा स्थानीय व्यापारीहरू बीच डिजिटल भुक्तानीको बारेमा चेतना जगाउने उद्देश्यले थुप्रै गतिविधिहरू गर्दैछ । डिजिटल ब्रान्डिङका साथै डिजिटल भुक्तानी सेवा प्रयोग गर्ने तरिका सिकाउने तथा युपीआईमार्फत भुक्तानी सेवामा सहजता देखाउने उद्देश्यले अन्य अन्तरक्रियात्मक गतिविधिहरूको नेतृत्व इसेवा र भारतीय फोनपेले होटल संघ पोखराको सहकार्यमा गर्दैछ। महोत्सवमा तीन हजारभन्दा बढी व्यापारीहरू सहभागी हुनुका साथै एक लाखभन्दा बढी अन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकहरुले सहभागीता जनाउने अपेक्षा गरिएको कम्पनीकाे भनाई छ ।

यस साझेदारीको बारेमा फोनेपे इन्टरनेशनल पेमेन्टका प्रमुख कार्यकारी निर्देशक रितेश पाई भन्छन्, “प्रख्यात नेपाली महोत्सव फेवा नयाँ वर्ष महोत्सवमा इसेवा र होटल संघ नेपालसंग साझेदारी गरी नेपालमा युपीआई प्रणालीलाई लोकप्रिय बनाउन पाउदा हामी निकै उत्साहित छौं। यस सुन्दर ठाउँको सङ्गीत, खाना र संस्कृतिको अनुभव गर्न हरेक वर्ष भारतबाट थुप्रै पर्यटकहरू नेपाल आउने गर्दछन् त्यसैले हाम्रो फोकस नेपालमा फोनपे नेटवर्कमा युपीआईको स्थान सुनिश्चित गर्न व्यापारीहरूलाई सचेतना र जागरुकता सिर्जना गर्नमा केन्द्रित हुनेछ । यो साझेदारीले नेपालको डिजिटल परिदृश्यमा परिवर्तन ल्याउनका साथै भारतीय फोनपे प्रयोगकर्ताहरूले जुनसुकै स्थानमा आफ्नो आवश्यकता अनुसार सहजै लेनदेन गर्न सक्नेछन्।”

साथै इसेवाका प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले भने, “भारतीय पर्यटकहरू नेपाली पर्यटनका लागि एक प्रमुख आधार भएकाले, यो कदमले भारतीय पाहुनाहरुको आवश्यकताहरू पूरा गर्न र उनीहरूको समग्र अनुभव बृद्धि गर्न पङ्क्तिबद्ध रहेको छ। यस सहकार्य मार्फत, हामीले नेपालमा युपीआई र फोनपे नेटवर्क प्रयोग गर्नुका फाइदाहरू र व्यापारीहरूलाई डिजिटल लेनदेनहरूका लागि सशक्त बनाउने र नेपालको डिजिटल अर्थतन्त्रको वृद्धिमा योगदान पुर्याउने गर्ने लक्ष्य राखेका छौं। साथै, हामी विस्वस्त छौं कि यस्तो सहकार्यले नेपाली आर्थिक परिवेशमा वित्तीय समावेशीकरण र पहुँचलाई थप बढावा दिनेछ।”

प्रसङ्गमा जोड्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, “नेपाली नयाँ वर्ष २०८१ को हर्षोल्लासका साथ १९औँ फेवा नयाँ वर्ष महोत्सवले ३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । होटल संघ नेपालको सहकार्यमा पोखराका होटलहरूले पोखरा घुम्न आउने पर्यटकहरूलाई आरामदायी बास सुनिश्चित गर्न होटलहरुमा २०% सम्म छुट दिने व्यवस्था मिलाइएको छ। पर्यटन, संस्कृति र खानपानसँग सम्बन्धित हाम्रा मूल्यमान्यतालाई आत्मसात् गर्दै पोखरा नेपालको पर्यटन आकर्षणको प्रकाशकको रूपमा उभिएको छ। सँगै, हाम्रो क्षेत्रको सौन्दर्य तथा हाम्रो सांस्कृतिक सम्पदाको संरक्षण गरौं, टाढाटाढाबाट आउने आगन्तुकहरूलाई मन खोलेर स्वागत गरौं, र हाम्रो आतिथ्य क्षेत्रमा नयाँ आयाम दिएर अतिथि सत्कारको मुहार फेरौं।”

यस सहकार्यको बारेमा बोल्दै फोनपे नेपालका प्रमुख कार्यकारी निर्देशक दिवास सापकोटाले भने, “नेपालमा फोनपे नेटवर्कमा युपीआई क्षमताहरूको एकीकरणलाई प्रवर्द्धन गर्न फोनेपे इन्डिया, इसेवा र नेपाल होटल व्यवसायी संघसँगको रणनीतिक साझेदारीले हामीलाई धेरै खुशी प्रदान छ । फेवा नयाँ वर्ष महोत्सव यस सहकार्यको प्रभावलाई दर्शाउने एक बिशेष स्थानको रूपमा रहेको छ। पर्यटकहरुको ठूलो सहभागिताको साथ, यस महोत्सवले मानिसहरूलाई नेपालको सांस्कृतिक र आर्थिक केन्द्रको अनुभव झल्काउनुका साथै सबैलाई भुक्तानी प्रविधिमा भएको प्रगतिको प्रत्यक्षदर्शी हुने र अनुभव गर्ने मौका दिन्छ ।”

Logo