पाँच वटा फाइनान्स कम्पनी घाटामा जाँदा मञ्जुश्रीले कमायाे १६ करोड २२ लाख नाफा

पाँच वटा फाइनान्स कम्पनी घाटामा जाँदा मञ्जुश्रीले कमायाे १६ करोड २२ लाख नाफा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। मञ्जुश्री फाईनान्स लिमिटेडले चालू आर्थिक वर्षको आठ महिनाकाे वित्तीय विवरण सार्वजनिक गरेको छ। 

मञ्जुश्री र गोर्खाज फाइनान्स धेरै नाफा कमाउने कम्पनी बनेका छन्। हाल संचालनमा रहेकामध्ये यी दुई कम्पनीहरुले धेरै नाफा कमाएका हुन्।

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो। चालु आवको आठ महिनामा मञ्जुश्री फाइनान्सले १६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

हाल १५ वटा फाइनान्स कम्पनी संचालनमा छन्। ती मध्ये धेरै नाफा कमाउनेको दोस्रो सूचीमा भने गोर्खाज फाइनान्स छ। समिक्षा अवधिमा कम्पनीले १३ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

समिक्षा अवधिमा गुडविल फाइनान्सले ३ करोड ३ लाख, पोखरा फाइनान्सले २ करोड ७६ लाख, श्रीइन्भेष्टमेन्टले २ करोड ७० लाख, मल्टीपर्पसले २ करोड १ लाख रुपैयाँ नाफा कमाएका छन्।

यस्तै, चालु आवको आठ महिनामा जानकी फाइनान्सले १ करोड ४८ लाख, नेपाल फाइनान्सले १ करोड ३६ लाख र बेष्ट फाइनान्सले ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

समिक्षा अवधिमा आधा दर्जन फाइनान्स भने घाटामा देखिएका छन्। प्रोग्रेसिभसहित ५ वटा कम्पनीको नाफा ऋणात्मक देखिएका हुन्।

सबैभन्दा धेरै घाटा प्रोग्रेसिभ फाइनान्सको देखिएको छ। यस्तै, गुहेश्वरी मर्चेन्ट, समृद्धि फाइनान्स , रिलायन्स फाइनान्स र सेन्ट्रल फाइनान्स नोक्सानीमा देखिएका छन्।

Logo