कोकाकोला नेपालको ‘ड्रिंक एण्ड विन’ योजना

कोकाकोला नेपालको ‘ड्रिंक एण्ड विन’ योजना

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोकाकोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ।

यो क्याम्पेनअन्तर्गत ग्राहकले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ।

‘ड्रिंक एण्ड विन’ क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले कोकाकोलाका आरजीबी (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्को मूनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन्।

कम्पनीको यो योजनामार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोकाकोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ।

Logo