दसैंमा ससुराली आएका नारायणकाे नदीमा डुबेर मृत्यु

दसैंमा ससुराली आएका नारायणकाे नदीमा डुबेर मृत्यु

केन्द्रबिन्दु
87
Shares

दमौली(तनहुँ)। यहाँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए। दसैंमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो ।

Skip This
Skip This
Logo