फक्सवागन टाईगुन एसयूभीलक्षित नयाँ अफर सार्वजनिक

फक्सवागन टाईगुन एसयूभीलक्षित नयाँ अफर सार्वजनिक

केन्द्रबिन्दु
56
Shares

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक वितरक पुजा इन्टरनेश्नल नेपालले टाईगुन एसयूभीलक्षित नयाँ अफर सार्वजनिक गरेको छ ।

‘फक्सवागन सिज्लिङ समर डिल’ नामक उक्त अफर अन्तर्गत ग्राहकले टाइगुन एसयूभीलाई ५ वर्षसम्म एउटै दर कायम हुने ब्याजमा खरिद गर्न सक्ने कम्पनीको भनाई छ । गाडी खरिद गर्दा जम्मा ६.९९ प्रतिशत ब्याजदर लाग्ने छ ।

कम्पनीका अनुसार मिड साइज कम्प्याक्ट एसयूभीमा ९९९ सीसीको टर्बो–चार्ज्ड स्ट्राटिफाइड इन्जेक्सन (टीएसआई) इन्जिन जडान गरिएको छ । जसले क्लासमै सबैभन्दा धेरै ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ ।

एक वर्षको रोड ट्याक्स, ४ वर्षको निशुल्क सर्भिस र ५ लाखसम्म एक्सचेन्ज वोनस पाउन सकिनेछ । टाइगुन वेस भेरिएन्टको मूल्य ५४ लाख ९० हजार र टप भेरिएन्टको ७९ लाख ५० हजार पर्ने कम्पनीले जनाएको छ ।

Logo