समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ। आज बसेको परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा परिषद्का अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा बसेको बैठकले सबै प्रदेशका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने निर्णय गरेको हो। उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली खटाएको छ।

बैठकले परिषद्लाई थप व्यवस्थित गर्न ‘डिजिटलाइजेशन’मा लैजाने निर्णय गरेको छ। मन्त्री चौधरीले परिषद्लाई ‘डिजिटलाइजेनश’मा लैजान यसअघि नै निर्देशन दिएका थिए।

साथै बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजन हेरफेर गरेको छ। जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहित अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यलाई प्रत्यायोजन गर्ने जनाएको छ।

Skip This
Skip This
Logo